×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसको घोषणापत्र तयारी समितिमा थप सदस्य मनोनित

कांग्रेसको घोषणापत्र तयारी समितिमा थप सदस्य मनोनित

काठमाडाैँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा थप सदस्यहरू मनोनयन गरेका छन् । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापा संयोजकत्वमा गठित समितिमा उनले आज थप सदस्य मनोनीत गरेकाे पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले समिति सदस्यमा किरण यादव, फखरुद्दीन खान, प्रकाश पन्थ, उमा वादी, सन्तोषमणि नेपाल, डा लोचन कार्की, श्याम पटेल, कृष्णप्रसाद तिमिल्सिना, नीलकण्ठ शर्मा, विभूषण विष्ट, शिशिर खनाल, सरोज पाठक, कञ्चन झा, प्रेम विश्वकर्मा, सुवास अधिकारी, डा ई सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरीलाई मनोनित गरेका हुन् ।

प्रतिकृया दिनुहोस्