×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२८ लाख धरौटीमा दुर्गा प्रसाई रिहा

२८ लाख धरौटीमा दुर्गा प्रसाई रिहा

काठमाडौं - मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाई सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले दुई फरक मुद्दामा कुल २८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी धरौटी रकम बुझाएर छुटेका हुन्।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा प्रसाईलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा दायर बैंकिङ कसुरको मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो। अदालतले आदेश दिँदा प्रसाईको क्यान्सर रोगको स्वास्थ्य अवस्थालाई समेत विशेष आधार मानेको उल्लेख छ।

यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवजस्ता गम्भीर अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको थियो।

उच्च अदालतको यो आदेशसँगै प्रसाईले अब थुनाबाहिरै बसेर आफ्ना दुवै मुद्दाको कानुनी प्रतिरक्षा गर्नेछन्। उनलाई स्वागत गर्न नेपाली काँग्रेसका सांसद डा. सुनीलकुमार शर्मा डिल्लीबजार कारागार पुगेका थिए।

प्रतिकृया दिनुहोस्