×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पीएसजीको जितमा नेइमार, एमबाप्पे र मेस्सीको गोल

पीएसजीको जितमा नेइमार, एमबाप्पे र मेस्सीको गोल

काठमाडौँ- फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले लोरिएन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले लोरिएन्टलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । 

पीएसजीको जितमा नेइमार र किलियन एमबाप्पेले २-२ गोल गरेका थिए भने लियोनेल मेस्सीले एक गोल गरेका थिए । खेलको १२औँ मिनेटमा नेइमारले सुरुवाती गोल गरेका थिए भने खेलको २८औँ मिनेटमा एमबाप्पे दोस्रो र ६७औँ मिनेटमा पीएसजीका लागि तेस्रो गोल गरेका थिए ।

त्यसपछि मेस्सीले खेलको ७३औँ मिनेटमा चौथो गोल गरे भने खेलको ९०औँ मिनेटमा नेइमारले पाँचौँ गोल गरेका थिए । त्यसैगरी लोरिएन्टका लागि टेरेम मोफीले खेलको ५६औँ मिनेटमा एक गोल गरेका थिए ।

यो जितपछि पीएसजीको लिगमा ३० खेलमा ६८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ । पीएसजी दोस्रो स्थानमा रहेको मार्सेली भन्दा १२ स्पष्ट अंकले अगाडी रहेको छ । त्यसैगरी लोरिएन्टको भने ३० खेलमा २८ अंक छ र लिगमा १६औँ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्