काठमाडौँ- ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन् । शाहीसँगै उनको नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ समेत राप्रपामा समाहित भएको छ । शाहीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनी राप्रपामा प्रवेश गरेका हुन् ।