×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चलचित्र ‘सतीदेवी’ दोस्रो पोस्टर सार्वजनिक

चलचित्र ‘सतीदेवी’ दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं - संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्देशनमा निर्माणमा तयार भएको चलचित्र ‘सतीदेवी’ को नयाँ पोष्टर सार्वजनिक भएको छ। चलचित्र ‘सतीदेवी’ आगामी साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । “छोरी बुझौँ,छोरी पुजौँ,यीनै संसार सारा झझ भन्ने लाईनका साथ चलचित्रको नयाँ पोष्टर सार्वजनिक भएको हो । पोष्टरमा चलचित्रको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले नवजात शिशुलाई स्तनपान गराइरहेकी छिन् । उनका आँखाबाट बलिन्द्र आँसु झरिरहेका छन् ।

मलिका मुख्य भूमिकामा रहेको चलचित्रमा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको चलचित्रको निर्माता श्रीदेवी सुवेदी हुन् ।

प्रतिकृया दिनुहोस्