×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मानुषीको आईपीओ आज बाँडफाँड, ३६ हजार ८५९ ले पाउने

मानुषीको आईपीओ आज बाँडफाँड, ३६ हजार ८५९ ले पाउने

काठमाडौं -  मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार(आज)  बिहान बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८:३० बजे आईपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको हो । कम्पनीको प्रि–अलोटमेन्ट गत बिहीवार नै सम्पन्न भइसकेको छ ।

मागभन्दा अत्याधिक आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यसमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यस आधारमा सर्वसाधारणलाई विक्री गरिएको ३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने छन् ।

कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता म्युचुअल फण्डलाई छुट्याइएको थियो भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायित्तव पुरा गर्ने सम्बन्धमा उच्च जोखिम जनाउँछ ।

प्रतिकृया दिनुहोस्