काठमाडौं- एसीसी प्रिमियर कपअन्तर्गत समुह एको खेलमा कतारमाथि ३ विकेटको जित हात पार्दै मलेसियाले यस संस्करणको एसीसी प्रिमियर कप प्रतियोगिताको यात्रा टुङ्गाएको छ ।
यो जितसँगै सबै खेल सकेको मलेसिया ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तर उसको सेमिफाइनल पुग्ने संभावना छैन । किनकी ४ अंक भएको ओमान र ३ अंक भएको साउदीबीच खेल हुनै बाँकी छ । यी दुईबीच हुने खेलको विजेता सेमफिाइनलमा पुग्ने छ । यो समूहबाट नेपाल सेमिफाइनलमा पुगिसकेको छ । ५ अंक रहेको नेपालले पुछारमा रहेको कतारसँग बिहीबार खेल्ने छ ।