×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पराजयका बाबजुद लिभरपुल क्वाटरफाइनलमा

पराजयका बाबजुद लिभरपुल क्वाटरफाइनलमा

काठमाडाैँ- युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुल इटालियन जाइन्ट इन्टरमिलानसँग १-० ले पराजित भएको छ । तर पराजयका बाबजुद लिभरपुल समग्रमा २-१ को नतिजा निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

इटालियन च्याम्पियन इन्टरमिलानलाई जित दिलाउन लउटरो मार्टिनेजले ६१ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । लिभरपुलको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीले गरेका केही उत्कृष्ट प्रहार पोलमा लाग्दा लिभरपुल गोल गर्न असफल भएको थियो । यसअघि पहिलो लेगमा इन्टरको घरेलु मैदानमा मोहम्मद सलाह र फिरमिनोले लिभरपुललाई गोल गर्दै २-० को अग्रता दिलाएका थिए । 

केही तनावपूर्ण बनेको खेलमा इन्टरका एलेक्स सान्चेज ६३ औं मिनेटमा दोहोरो पंहेलो कार्ड खाएर मैदानबाट बाहिरिँदा टीम १० खेलाडीमा समेटिएको थियो । त्यसो त अन्य ६ खेलाडीले पंहेलो कार्ड पाएका थिए। च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र १८ मार्चमा स्विटजरल्यन्डको न्योनमा हुनेछ ।

प्रतिकृया दिनुहोस्