×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप क्रिकेट लिग-२ को अन्तिम सिरिजका लागि नेपाली टोलीको घोषणा

विश्वकप क्रिकेट लिग-२ को अन्तिम सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं - आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि घरेलु टोलीको घोषणा भएको छ । 

बिहिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो ।टोलीमा यस अघि यूएई भ्रमणमा रहेका सन्दीप जोरा बाहेकका सबै खेलाडीलाई निरन्तरता दिईएको छ । यस त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनिसँग समान २/२ लिग टूको खेल खेल्नेछ ।  

टियु मैदानमा आयोजना हुने सो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाली टोली:

रोहित कुमार पौडेल(कप्तान),  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र सन्दीप लामिछाने

वैकल्पिक खेलाडी:
सन्दीप जोरा,कमलसिंह ऐरी,श्याम ढकाल र अर्जुन साउद

प्रतिकृया दिनुहोस्