×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

कुन्साङले छाडे डेब्यू फिल्म, अब एलिजाको हिरो को ?

कुन्साङले छाडे डेब्यू फिल्म, अब एलिजाको हिरो को ?

म्युजिक भिडियोमा नायिका मलिका महतको जोडी बनेर चर्चामा आएका मोडल कुन्साङ बोमजङले पहिलो फिल्म ‘घुइचोे’ साइन गरे । काठमाडौंको पाँच तारे होटल एभरेष्टमा भव्य कार्यक्रम आयोजना गरेर फिल्मको घोषणा भयो ।

दीपेन्द्र लामाले निर्देशन गर्ने पक्का भएको फिल्ममा कुन्साङसँग नायिका एलिजा गौतमकोे मुख्य भूमिका रहने पक्का भएको थियो । घोषणा कार्यक्रममा कुन्साङ र एलिजा दंग देखिएका थिए ।

तर, विशेष श्रोतले दिएको जानकारी अनुसार फिल्मबाट कुन्साङले हात झिकिसकेका छन् । उनले, आफूले फिल्म छाडेको बताउँदै हिडेका पनि छन् । कुन्साङपछि यो फिल्मका लागि निर्माता–निर्देशकले अन्य नायकसँग कुरा पनि नगरेका होइनन् । तर, फिल्मको काम अगाडि बढ्न सकेकोे छैन ।

एलिजा भने फिल्मको घोषणा सकेर क्यानडा पुगेर पनि नेपाल आइसकेकी छिन् । तर, कुन्साङले छाड्दा फिल्म बन्ने वा नबन्ने पक्का हुन सकेको छैन । फागुणबाट नै छायांकनमा जाने भनिएको फिल्मको काम अगाडि नबढ्दा निर्देशक दीपेन्द्र लामा फिल्म ‘२ नम्बरी’को छायांकन सुरु गर्ने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस्