×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपाले केन्द्रीय समिति र सचिवालय बैठक बस्दै

रास्वपाले  केन्द्रीय समिति र सचिवालय बैठक बस्दै

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख २९ गते पार्टी कार्यालय च:मतिमा बस्ने महासचिव डा. मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका लागि केन्द्रीय समितिको बैठक आह्वान भएको हो।

‘कार्यसूची तय गर्न बाँकी छ। समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षाका लागि बैठक बस्न लागेको हो,’ उनले सेतोपाटीसँग भने।

यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाले सचिवालय बैठक पनि बोलाएको छ।

रास्वपाको सचिवालय बैठक आगामी शुक्रबार बस्नेछ। त्यस्तै संसदीय दलको बैठक वैशाख २४ गते बस्ने महामन्त्री ढकालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्