×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सबैभन्दा बढी भ्रष्टाचार गर्ने व्यक्तिको नाम सार्वजनिक

सबैभन्दा बढी भ्रष्टाचार गर्ने व्यक्तिको नाम सार्वजनिक

एजेन्सी - विश्वमा सबैभन्दा बढी भ्रष्टाचारी व्यक्तिको नाम सार्वजनिक भएको छ । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले सार्वजनिक गरेको उक्त सूचीमा बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेका छन । 

टप अन्य चारको नाममा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनी, सीरियाका राष्ट्रपति बशर अल असद, तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्ज रहेका छन ।


सीसीआरपीका अनुसार पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गरेको हो र लुकाशेकोको नाम सर्वसम्मतिले चुनिएको हो । सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा अन्तिममा एलेक्जेन्डर लुकाशेको चुनिएका हुन् । 

सबैभन्दा बढी भ्रष्टाचार गर्ने व्यक्ति लुकाशेकोमाथि आफ्ना नजिकका मानिसलाई सरकारी पैसा दिएको आरोप लगाएको छ । उनीमाथि हजारौँ शरणार्थीलाई भड्काएर युरोपेली संघका साथ सीमा सङ्कट उत्पन्न गराएको आरोप लगाइएको छ । 
एजेन्सीको सहयोगमा 

प्रतिकृया दिनुहोस्