पोखरा, औषधी व्यवस्था विभागले कास्कीका १६ वटा औषधी पसललाई कारबाही गरेको छ । गएको आर्थिक वर्ष २०७७/०७८ मा १६ औषधी पसल कारबाहीमा परेका हुन् ।
तिमध्ये ९ वटा औषधालयलाई ७ दिन निलम्बन गरिएको थियो भने ६ वटालाई १६ दिन तथा एउटा औषधी पसल २१ दिनसम्म निलम्बनमा परेको थियो । रामबजारमा रहेको गुरुङ सिटी फार्मेसी तीन सातासम्म निलम्बनमा परेको हो ।
काठमाडौंपछि सबैभन्दा धेरै कारबाहीमा पर्ने औषधी पसल कास्कीका छन् । गण्डकी प्रदेश अन्तर्गत तनहुँको दुई, गोरखा तीन, लमजुङका दुई औषधी पसललाई कारबाही गरिएको थियो । सबैलाई ७ दिन निलम्बन गरिएको विभागले जनाएको छ ।
उनीहरुले सरकारी नियमअनुसार पसल सन्चालन नगरेको, म्याद गुज्रिएका औषधी विक्रि गरेको र बढी मूल्य लिएको तथा राजश्व छली गरेकोसम्म आरोप छ ।