काठमाडौं - तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा भएकाे आगलागीमा परि ज्यान गुमाउने पाँच जनाकै पहिचान खुलेकाे छ ।
ज्यान गुमाउनेमा एकै परिवारका तीन जनासहित अन्य दुई जना रहेका छन् ।
ज्यान गुमाउनेमा इरम फुटवेयरका सञ्चालक तुलसीपुर उपमहानगरपालिका-५ का नजरदिन अली, उहाँकी छोरी सजिता खातुर र छोरा आविदिन अली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अली अन्दाजी ४०/४२ वर्षीय, उहाँकी छाेरी साजिता १३/१४ वर्षीया र छाेरा आविदिन ५/६ वर्षकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।
आगाेमा परेर त्यही पसलमा काम गर्ने अन्दाजी १४/१५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन बकसकाे ज्यान गएकाे छ । मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।
आज बिहान २ बजेदेखि लागेको आगोमा परेर चार जना बालबालिकासहित एक जना पुरुषको ज्यान गएको हाे । आगाे अहिले नियन्त्रणमा आइसकेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयाे ।