काठमाडाैँ - नेकपा [एकीकृत समाजवादी] का सम्मानित नेता झलनाथ खनालले समाजवाद सम्भावनाकाे विषय नभइ अनिवार्यता भएकाे बताएका छन् । साेमबार नरबहादुर कर्मचार्य फाउण्डेसनले काठमाडाैँमा आयाेजना गरेकाे ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तरक्रियामा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘समाजवाद कुनै सम्भावनाकाे कुरा हाेइन, याे अनिवार्यताकाे कुरा हाे । समाजवाद आउँछ आउँछ । समाजवादलाई विश्वका कुनै पनि शक्तिले राेक्न सक्दैन । एटम बमले राेक्न सक्दैन, मिसाइलले पनि राेक्दैन । सुपर साेनिकले पनि राेक्दैन । जसरी भाेलि घाम झुल्किन अनिवार्य छ, त्यसैगरी समाजवाद पनि अनिवार्य छ,’ उनले भनेका छन् ।
यस्तै उनले परिवर्तनकारी शक्तिहरूबीच एकताकाे विकल्प नभएकाे जिकिर गरेका छन् ।
नेता खनालले चीन र भारतसँग राम्राे सम्बन्धन राख्नुपर्ने बताएका छन् । उनीहरू पहिलाे र दाेस्राे शक्ति बन्ने दाबी गर्दै उनले भनेका छन्, ‘हामी ठूल्ठूला देशहरूकाे बीचमा छाैँ । हामीले यी दुईवटा देशहरूसँग राम्राे सम्बन्ध राख्नैपर्छ । यी दुईवटासँग राम्राे सम्बन्ध राख्न नसके अन्य देशसँग राम्राे सम्बन्ध राखेर हुँदैन ।’ उनले अहिलेकाे महाशक्ति राष्ट्र तेस्राे, चाैथाे हुने उनले बताए ।