×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप एसिया छनोट: नेपालको लगातार तेस्रो जित, भुटान ३ विकेटले पराजित

विश्वकप एसिया छनोट: नेपालको लगातार तेस्रो जित, भुटान ३ विकेटले पराजित

काठमाडौं - आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो ।
भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍याे । नेपालकी कप्तान रुविना क्षेत्रीले १२, कविता जोशीले ९ तथा सिता रानामगरले ८ रन बनाए । भुटानकी अन्जली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिइन् । यस्तै, अन्जु गुरुङ र सोनमले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो । भुटानका लागि कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी पूजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले एक–एक विकेट लिए । नेपालले आफ्नो पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा बहराइनलाई हराएको थियो । नेपालले चौथो खेल सोमबार कतार र समूह चरणको अन्तिम खेल मंगलबार यूएईसँग खेल्ने छ । प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतिकृया दिनुहोस्