×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मूल घरमा फर्कन नेता‚ कार्यकर्तालाई एमालेको आग्रह, मंसिरमा महाधिवेशन गर्ने

मूल घरमा फर्कन नेता‚ कार्यकर्तालाई एमालेको आग्रह, मंसिरमा महाधिवेशन गर्ने

नेकपा एमालेले नयाँ दल खोल्ने निर्णय गरेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गरेको छ । मंगलबारको स्थायी कमिटी बैठकपछि एमालेले एकताका लागि आह्वान गर्ने प्रस्ताव पारित गर्दै ‘मूल घर’मा फर्किन आग्रह गरेको हो । ‘मूल घर’मा फर्किने नेताहरूलाई कारबाही नगरिने र हार्दिक स्वागत गरिने बैठकमा सहभागि नेताहरूले बताएका छन् ।

यस्तै बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । अब एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने एमालेका प्रवक्ता  प्रदीप ज्ञवालीले जानकारी दिए ।

१० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका लागि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरू विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको कार्यदल बनाएको छ ।

यस्तै एमालेको  दशौँ महाधिवेशन  मंसिर १०-१२ मा र विधान महाधिवेशन असोज ४-६ मा गर्ने निर्णय भएको छ । बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरूको भेला गर्ने एमालेले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्