×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कालिकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

कालिकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत- कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माण सामग्री बोकेर जितेगडाबाट नरहरिनाथ गाउँपालिकाको सुनथराली विमानस्थलतर्फ गइरहेको बा ५ ख ४६४३ नम्बरको ट्रक सोमबार बिहान निलाखा ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार  दुर्घटनामा परी ट्रक चालक नरहरिनाथ गाउँपालिका -१ का जयबहादुर बिष्टको मृत्यु भएको छ। यस्तै ट्रकका मालिक  नेत्रबहादुर बिष्ट घाइते भएकाले उपचारका लागि जिल्ला सदरमुकाम मान्म लगिएको  पनि प्रहरीले बताएको छ ।

 

प्रतिकृया दिनुहोस्