×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध नजिक

लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध नजिक

काठमाडौं- स्ट्राइकर रोबर्ट लेवान्डोवस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन् । बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्विकार गरेसँगै मे बाट लेवान्डोवस्कीको नयाँ गन्तव्य नोउ क्याम्प हुने भएको छ । 

लेवान्डोवस्कीले गत सिजन बायर्नबाट ५० गोल गरेका थिए ।गत सिनजको अन्त्यसँगै उनले बायर्नमा भविष्य नदेखेकाले आफूलाई फुकुवा गरिदिन क्लब समक्ष आग्रह गरेका थिए । बायर्नले भने उनको प्रस्ताव अस्विकार गर्दै आएको थियो ।

जाभीको टोलीले बिहीबार मात्र ओसामाने डेम्बेलेसँगको सम्झौता दुईवर्षका लागि नविकरण गरेको थियो । बार्सिलोनाले यसअघि नै आन्द्रियास क्रिस्टेनसेन र फ्रयांक केइसीलाई अनुबन्ध गरिसकेको छ ।

बार्सिलोनाले शुक्रबार लिड्स युनाइटेडका राफिन्हालाई भित्राएको थियो । बार्सिलोनाले राफिन्हालाई ६७ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

लेवान्डोवस्कीले बायर्नबाट लगातार आठ पटक बुन्डेसलिगाको उपाधि जितेका थिए । उनी सन् २०१४ मा बुन्डेसलिगाकै अर्को क्लब बोरुसिया डर्टमन्डबाट बायर्नमा भित्रिएका थिए ।

प्रतिकृया दिनुहोस्