×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल टी-ट्वान्टी : आज इलिमिनेटर खेल हुँदै

नेपाल टी-ट्वान्टी : आज इलिमिनेटर खेल हुँदै

काठमाडौँ- राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टीमा आज सोमबार एक खेल हुँदैछ । प्लेअफको दोस्रो खेलमा आज इलिमिनेटरको खेल हुदैछ । ईलिमेटर खेलमा काठमाडौँ नाईट्स र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

इलिमिनेटर खेलमा यस लिगको समूह चरणका खेलमा तेस्रो चौथो स्थानमा रहेका टोलीबीच खेल हुनेछ । विराटनगरले तेस्रो तथा काठमाडौँले चौथो स्थानमा रहँदै समूह चरण समाप्त गरेका थिए । आजको इलिमिनेटर खेलको विजेताले फाइनलमा स्थान बनाउनका लागि आइतबार भएको पहिलो क्वालिफायरमा पराजित जनकपुर रोयल्ससँग फाइनल प्रवेशका लागि खेल्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

यस लिगको समूह चरणको दुई खेलमा विराटनगर र काठमाडौँले एकआपसकाविरुद्ध दुई खेल खेलेकामा समान १/१ खेल जितेका थिए । आइतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौँ नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रतिकृया दिनुहोस्