×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झापाको कन्काई मेयरमा पुनः एमालेका पोखरेल,उपमेयरमा भने काँग्रेसकी आशा विजयी

झापाको कन्काई मेयरमा पुनः एमालेका पोखरेल,उपमेयरमा भने काँग्रेसकी आशा विजयी

काठमाडौं - झापाको कन्काई नगरपालिका मेयरमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपमेयरमा नेपाली काँग्रेसका आशा शिवाकोटी निर्वाचित हुनुभएको छ । पोखरेल २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भए  ।

पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी काँग्रेसका रुद्रप्रसाद चिमिरियाले ६ हजार ६६१ मत प्राप्त गरे । स्वतन्त्रबाट उम्मेदवार  शेरबहादुर थापाले ५ हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत पाए । 


यसैगरी उपप्रमुखमा भने काँग्रेसका शिवाकोटी १० हजार ७१३ मत प्राप्त गरी विजय भए । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गरिन् । उनले प्रसाईँलाई एक हजार ८३८ मत बढी ल्याएर पराजित गरिन् । मञ्जु यसअघि नगरउपप्रमुख थिइन् ।

प्रतिकृया दिनुहोस्