×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बंगलादेशमाथि दक्षिण अफ्रिकाको सानदार जित

बंगलादेशमाथि दक्षिण अफ्रिकाको सानदार जित

काठमाडौं- राइली रोसोउको शतक र एनरिच नोर्किया उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपमा बंगलादेशमाथि १ सय ४ रनको सानदार जित हात पारेको छ । योसँगै सुपर १२ को समूह बी मा दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ ।
जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश १६.३ ओभरमा १ सय १ रनमा अल आउट भयो । बंगलादेशका ओपनर लिटन दासले ३१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । बंगलादेशले सुरुवाती दुई ओभरमा राम्रो सुरुवात गरेको थियो ।

तेस्रो ओभरको पहिलो बलमै एनरिच नोर्कियाले सौम्य सरकारलाई क्विन्टन डि ककबाट १५ रनमा क्याच गराए । ६ बल खेलेका सरकारले २ छक्का हाने । तीन बलपछि नाज्मुल हसन शान्टोलाई ९ रनमा बोल्ड गरे । नोर्कियाले सकिब अल हसनलाई एक एक रनमा एलबीडब्लू आउट गर्दै फराकिलो जिततर्फ अघि बढाए । बंगलादेशका स्पिनर सकिब अल हसनले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । तस्किन अहमद, हसन मोहम्मद र अफिफ हुसैनले एक एक विकेट लिए ।

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २-२ अंक जोडेका छन् ।नेटरनरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ ।

दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ सुपर १२ को समूह बी मा शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले पहिलो खेलमा जिम्बावेसँग वर्षाको कारण अंक बाँडेको थियो । दक्षिण अफ्रिकाले अव आइतबार भारतसँग खेल्नेछ । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न उक्त खेलमा जित्नुपर्ने दबाब हुनेछ ।

भारत भने १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हार र १ मा जित सहित तेस्रो स्थानमा छ । जिम्बावे एक अंकका साथ चौथो, पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् । एजेन्सी 

प्रतिकृया दिनुहोस्