×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रकाशमान सिंह भन्छन् - भ्रष्टाचार निर्मूल पार्नु मेरो पहिलो दायित्व

प्रकाशमान सिंह भन्छन् - भ्रष्टाचार निर्मूल पार्नु मेरो पहिलो दायित्व

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  भ्रष्टाचार निर्मूल  गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन् । काठमाडौं आइतबार आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नो पहिलो दायित्व रहेको बताए । 

'प्रशासनिक प्रक्रियामा झन्झटिलो छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो,' उनले भने ।

राजनीति अस्थिरताका कारण मुलुकको समस्याको जहाँको त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले  काठमाडौंमा देखिएको  खानेपानी, फोहोर व्यवस्थापन ट्राफिक जामलगायत न्यूनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू फेरि जनतामाझ आएको बताए ।

प्रतिकृया दिनुहोस्