×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भ्रातृ संस्थाहरू बनाउन महामन्त्री गगन थापाको प्रस्ताव

भ्रातृ संस्थाहरू बनाउन महामन्त्री गगन थापाको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रातृ संस्थाहरूलाई पूर्णता दिनुपर्ने बताएका छन् । बुधबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै थापाले केन्द्रीय कार्यसमितिको बैठक बस्नुभन्दा अगाडि भ्रातृ संस्था बनाउनुपर्ने माग गरे ।

उनले भने, ‘बैठक आसपासमा हाम्रो पार्टीको भातृ संस्थाहरूलाई पूर्णता दिने विषयहरू मत २८ गतेको बैठकभन्दा पहिला टुंगाऔं भन्ने पक्षमा छु ।’ ‘मैले सबैसँग कुरा गर्दैछु । नेवि संघ महिला संघ, तरुण दल किसान संघ लगायत केन्द्रीय समिति बनाउने काम अहिल्यै टुंग्याऔं’, थापाले भनेका छन् ।

महामन्त्री थापाले केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले विभागको नाम प्रस्तुत गर्नुपर्ने माग गरेका छन् । उनले पार्टीका भ्रातृ संस्था र समितिहरूलाई पूर्णता दिन नसकेकै कारणले पार्टी सञ्चालनमा समस्या भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्