×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसद् बैठकअघि कांग्रेस र एमालेबीच वार्ता

संसद् बैठकअघि कांग्रेस र एमालेबीच वार्ता

काठमाडौँ- संसद्‌मा एमसीसी टेबल भएपछि अघि बढाउनेबारे नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल हुने भएको छ । एमसीसी अनुमोदनको कोसिसमा रहेका प्रधान मन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि प्रतिनिधि सभाको बैठक बस्नुअघि छलफल हुने भएको हो । 

दुई पक्षबीच छलफलको तयारी भइरहेको नेकपा एमालेका स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले  जानकारी दिए । ‘समय र स्थान अहिले तय भइनसकेको छैन,ड उनले भने, हिजो राति भएको छलफलअनुसार आज थप बसेर निष्कर्ष निकाल्ने कोसिस हुनेछ ।’

अध्यक्ष ओली अहिले केहीबेरमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पोखरा जाँदैछन् । ‘उहाँ साढे १० बजेपछि पोखरा गएर आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ,’ तामाङले भने, ‘पोखराको कार्यक्रममा सहभागी भएर अध्यक्ष आजै काठमाडौँ फर्किने कार्यक्रम छ ।’ उनकाअनुसार ओली पोखराबाट फर्किएपछि कांग्रेससँग छलफल तय भएको छ ।

एमसीसीबारे छलफलका गर्न आज संसद् बैठक बस्दैछ । दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका थिए ।

प्रतिकृया दिनुहोस्