×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ- काठमाडौँ महानगरपालिका-१५, ठाडो भर्‍याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सिन्धुलीको मरिन गाउँपालिका-३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

आज बिहान करिब साढे ५ बजे सीतापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बा१ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको वाग्मती प्रदेश ०२ ०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

प्रतिकृया दिनुहोस्