×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

साउनदेखि पाइलाइनमार्फत घरघरमा ग्याँस

साउनदेखि पाइलाइनमार्फत घरघरमा ग्याँस

काठमाडौं । दाङको घोराहीमा आगामी साउनदेखि पाइलाइनमार्फत घरघरमा ग्याँस वितरण गरिने भएको छ । फोहोरबाट उत्पादन गरिएको ग्यास ३ महिनाभित्र घर घरमा पाइपलाइनमार्फत पुर्यायने भएको हो ।

अहिले फोहोरबाट ग्यास उत्पादन गर्नका लागि मेकानिकल काम सकिएको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । ३ महिनापछि हामीले घर घरमा पाइपमार्फत ग्यास पुर्याउने छौं श्रेष्ठले भने । यसरी उत्पादन गरिएको ग्यास वरिपरिका स्थानीयवासी, नारायणपुर र सर्रासम्म पुर्याइने उनले बताए ।

मेकानिकल काम सम्पन्न भएपछि फोहोर राख्न समेत सुरु गरिएको छ । गाउँ गाउँमा पुगेर गोवर ल्याउने कम समेत भइरहेको उनको भनाइ छ । अब पाइपलाइनको काम अगाडि बढाइने उनले बताए । पाइपलाइन विस्तारको लागि सडक कार्यालयबाट अनुमति लिएको उनले बताए ।

ग्यास उत्पादन गरेर करिब १ हजार ५ सय घरमा पाइपमार्फत ग्यास पुर्याइने उनले बताए । सुरुका दिनमा ७ सय ५० घरमा पुर्याइने प्लान्ट म्यानेजर श्रेष्ठले बताए ।

यसरी पाइपमार्फत ग्यास प्रयोग गरेबापत मिटर अनुसार रकम तिर्नुपर्नेछ । सुरुमा ग्यास उत्पादन गरेर सिलण्डिर भरेर बजारमा पठाउने योजना भए पनि नयाँ डीपीआर गरेर पाइपलाइनमार्फत ग्यास वितरण गर्न थालिएको उनको भनाइ छ । कोरोना संक्रमणका कारण निर्माणमा केही ढिला भएको उनी बताउँछन् । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्