×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजु अर्याल सशस्त्र प्रहरीको एआईजीमा बढुवा, आईजीपी बन्ने पक्का

राजु अर्याल सशस्त्र प्रहरीको एआईजीमा बढुवा, आईजीपी बन्ने पक्का

काठमाडाैँ- सरकारले सशस्त्रको प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीमा) राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । योसँगै अर्याल ४ दिनपछि सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) बन्ने पक्का भएको छ । 

सशस्त्र प्रहरीका हालका आईवजीपी पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेल वैशाख १९ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि अर्याल निर्विकल्प आईजीपी हुने भएका हुन् ।
सशस्त्र प्रहरीमा २ जना एआईजीको दरबन्दी छ ।

पुष्पराम केसी आईजीपीमा बढुवा भएपछि एकजना एआईजी रिक्त भएको थियो । एक साता पहिले अर्याल एआईजीधका लागि सिफारिस भएका थिए ।

उनको सिफारिसविरुद्ध कुनै उजुरी नपरेपछि अर्यालको आईजीपी बन्ने बाटो प्रस्ट भएको हो । अर्यालले सशस्त्र प्रहरीको महानिरीक्षकमा पूरै चार वर्षे कार्यकाल काम गर्न पाउनेछन् ।
यसअघि शैलेन्द्र खनाल पुरै कार्यकाल काम गर्ने पहिलो आईजीपी थिए । हालका आईजीपी पुष्पराम केसी र एआईजी पौडेल पनि खनालकै ब्याची हुन् ।

उनीहरू ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास हुने भएका हुन् । खनाल भने ३० वर्षे सेवा अवधि बाँकी भएपनि आईजीपीको चार वर्षे कार्यकाल पूरा भएकाले २१ दिन पहिले नै अवकास भएका थिए ।

वैशाख १९ पछि हालका डीआईजीहरू नारायणदत्त पौडेल र चन्द्रप्रकास गौतम एआईजीमा बढुवा हुने छन् । सशस्त्रमा भएका अहिलेका डीआईजीहरू मध्ये उनीहरू नै बरिष्ठ हुन् ।

यसअघि रिक्त एक एआईजीमा बढसवाका लागि उनीहरूश्रले पनि लविइङ गरेका थिए ।
तर सरकारले वरियतामा अगाडी रहेका अर्याललाई नै भावि आईजीपीका रुपमा अगाडि बढाएको हो । वैशाख १९ गतेदेखि सशस्त्र प्रहरी र नेपाल प्रहरीमा एकसाथ आईजीपी परिवर्तन हुनेछन् ।

प्रतिकृया दिनुहोस्