×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षड्यन्त्र हुँदैन : गृहमन्त्री प्रकाश

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षड्यन्त्र हुँदैन : गृहमन्त्री प्रकाश

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ"प्रकाश"ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षड्यन्त्र नभएको स्पष्ट पारेका छन् ।

बिहीबार सिंहदरबारमा एमाले निकट राष्ट्रिय युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै श्रेष्ठले प्रहरीलाई राजनीतिक लगायत कुनैपनि दवाव वा प्रभावमा मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै षड्यन्त्र नभएको स्पष्ट पारेका हुन् । 


यस प्रकरणमा आशंकका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमाथि आँच आउने काम गर्न नहुने र कोही दोषीले छुट्कारा पाउन नहुने उनले बताए । उनले यस प्रकरणमा थुप्रै व्यक्तिहरूको नाम आएको र एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले अरु प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा प्रहरी रहेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस्