×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ ।  अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख पाँच हजार ८ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख पाँच हजार आठ सय थियो ।  त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्