×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थापाथलीमा गाडीले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु

थापाथलीमा गाडीले स्कुटरलाई ठक्कर दिँदा १  जनाको मृत्यु

काठमाण्डाै - काठमाण्डौको थापाथलीमा गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन् ।
थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रेको पनौती घर भइ अहिले काठमाण्डौको सीतापाइला बस्ने १९ वर्षका सुजन सापकोटाको ज्यान गएको हो ।
दुर्घटनामा स्कुटर पछाडि बसेका काभ्रेको पनौती घर भइ सीतापाइला बस्ने २२ वर्षका आशिष हुमागाईँ घाइते भएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हुमागाईँको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा सिंहदरबारले पक्राउ गरेको छ । 
 

प्रतिकृया दिनुहोस्