×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लमजुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६जना घाइते

लमजुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६जना घाइते

लमजुङ - लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ८ भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् ।
मस्र्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको बोलेरो जिप बिहीबार विहान साँढे १० बजेतिर दुर्घटना भएको हो । गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार तीन जनाको घटनास्थलमा मृत्यु भएपनि पहिचान हुँन बाँकी छ ।
मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् । जिपले च्यापिएको अवस्थाको शव निकाल्ने काम भइरहेको छ । घाइते छ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिपमा कति जना थियो भन्ने एकिन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्