काठमाडाैँ- युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा अस्ट्रियन क्लब साल्सबर्गमाथि जर्मन क्लब वार्यन म्युनिखले ७-१ को प्रभावशाली जित निकाल्दै समग्रमा ८-२ ले विजयी हुँदै क्वाटर फाइनल प्रवेश गरेको छ ।
पहिलो लेगमा १-१ गोलको बराबरीमा रोकिएको वार्यन दोस्रो लेगमा भने साल्सबर्गमाथि गोल वर्षा गर्न सफल भयो । वार्यनको गोल वर्षामा पोलिस खेलाडी रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक पुरा गरेका थिए ।
सुरुवाती २३ मिनेट भित्रै रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्ने क्रममा सुरुवाती दुई पेनाल्टीको सदुपयोग गरेका थिए । १२ औं मिनेटमानै पेनाल्टी मार्फत टीमलाई सुरुवाती अग्रता दिलाएका उनले २१ औं मिनेटमा भिएआरको सहयोगमा पाएको दोस्रो पेनाल्टीलाई सदुपयोग गरेका थिए । ह्याट्रिक पुरा गर्ने क्रममा २३ औं मिनेटमा व्यक्तिगत तथा टीमका लागि तेस्रो गोल गरेका थिए ।
पहिलो हाफमानै ४-० को अग्रता बनाउने क्रममा गनाब्रिले ३१ औं मिनेटमा चौथो गोल गरेका थिए । दोस्रो हाफमा वार्यनले थप ३ गोल गर्यो। जहाँ थोमस मुलरले दुई गोल गर्दा पूर्व सिटी स्ट्राइकर लिरायो सानेका नाममा एक गोल रह्यो । मुलरले ५४ मेनटमा सानेको पासलाई सदुपयोग गर्दा ८३ औं मिनेटमा पनि सानेलेनै मुलरलाई मिलाइदिएका थिए । टीमका लागि सातौँ गोल लेवान्डोस्कीको पासलमा सानेले गरेका थिए । साल्सवर्गका लागि भने काइरगार्डले ७० औं मिनेटमा एक गोल फर्काएका थिए ।
जितसँगै वार्यन म्युनिखले क्वाटरफाइनलमा स्थान बनाएको छ । अब क्वाटर फाइनलको प्रतिस्पर्धीको तय भने १८ मार्चमा हुने ड्रले तय गर्ने छ ।