×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महावीर पुन किन सडकमा आए ? माइतीघरमा पुनको धर्ना !

महावीर पुन किन सडकमा आए ? माइतीघरमा पुनको धर्ना !

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आजबाट आन्दोलनमा उत्रेका छन् । शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रने घोषणा गरे अनुसार आज माइतीघर मण्डलामा प्रदर्शन गर्नेछन् ।

आन्दोलनका नाराहरु - भोली देखि सुरु हुने अनुसन्धान, नबप्रबर्तन र आविष्कारको बारेमा सुरु गरिने सामाजिक जन आन्दोलनका को नाराहरु निम्न अनुसार छन् । स्व-इच्छाले आन्दोलनमा भाग लिन आउनु हुनेहरुले आफुलाई मन परेको नाराहरुको प्लेकार्ड र ब्यानर आफैले बनाएर ल्याउनु होला । हामीले कुनै प्लेकार्ड बनाउदैनौं ।
 
नाराहरु -
१. "अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष" खडा गर ।
२. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ ।
३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग गर ।
४. "अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन" बनाउ ।
५. स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाऊ ।
६. नवउद्यमीहरुलाई हतोत्साह नगर ।
७. उद्यमशीलताको बिकास गर्न "नव उद्यमी पहिचान र प्रबर्धन समिति" बनाउ ।
८. व्याबहारिक अनुसन्धान लाई प्रबर्धन गर्न "व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग" खोल ।
९. यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था तुरुन्त गर ।
१०. पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति देउ ।
११. सृजनशील नेपालीहरुले निर्माण गरेको सामानहरुलाई थप बिकास गर्न सहयोग गर ।
-----------------------------
यहि बिषयमा अरु नाराहरु थप्न सक्नु हुनेछ ।
 
 
अविकार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होमिएका हुन् ।

प्रतिकृया दिनुहोस्