विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया रहेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’ उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।(रासस)