काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले समाचार संकलनमा अवरोध गरेका छन् । महानगरको वातावरण विभागमा रिपोर्टिङका क्रममा पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्रलाई साहले सूचना संकलनमा अवरोध पुर्याएको सो टिभीका पत्रकार जगन्नाथ दुलालले बताए ।मेयर शाहले सो टेलिभिजनको गाडी हटाउने तथा खिचिएको दृश्यसमेत मेटाउन लगाएको घटनाप्रति सो टेलिभिजनले खेद व्यक्त गरेको छ ।