×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजनीतिमा धन हाबी भए युवाहरूको भविष्य समाप्त हुन्छ : त्रिपाठी

राजनीतिमा धन हाबी भए युवाहरूको भविष्य समाप्त हुन्छ : त्रिपाठी

काठमाडौँ- पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृत्ति हाबी हुने बताएका छन् । 

नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरूमा भएको संयुक्त भेला तथा घरदैलो चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष त्रिपाठीले राजनीतिमा धनको हाबी भएमा युवाहरूको राजनीतिक भविष्यसमेत समाप्त हुने जिकिर गरे ।

उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताए । अध्यक्ष त्रिपाठीले आफूले मागेको भिक्षा निर्वाचन क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागि भएको बताए । 

प्रतिकृया दिनुहोस्