×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा नेपाल र मलेसिया भिड्दै

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा नेपाल र मलेसिया भिड्दै

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी आइ क्रिकेट सिरिजअन्तर्गत नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुने छ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । यता मलेसिया भने पहिलो जितको खोजीमा हुनेछ ।

नेदरल्यान्ड्ससँग हिजो भएको खेलमा १५ रनले पराजित भएको मलेसियाको लक्ष्य नेपाललाई पराजित गर्नु रहने छ । तर, घरेलु मैदानमा नेपालमाथी जित निकाल्न नेपाललाई सजिलो भने हुने छैन् ।

सिरिजमा अन्डर डग टिमको रुपमा रहेको मलेसियामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा चुकेको थियो । मलेसिया त्यो गल्ती नेपालसँग गर्न चाहदैन । अर्कोतर्फ मलेसियासँग नेपाललाई २ खेलमा पराजित गरेको आत्मविश्वास छ ।

प्रतिकृया दिनुहोस्