×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानमा धार्मिक सद्भाव सहितको महायज्ञ हुने, एउटै मञ्चवाट दुई धर्म गुरुहरुद्धारा कथा वाचन

जापानमा धार्मिक सद्भाव सहितको महायज्ञ हुने, एउटै मञ्चवाट दुई धर्म गुरुहरुद्धारा कथा वाचन

टोकियो । आगामी नोभेम्बर ८ देखि १५ सम्म जापानको टोकियोमा मिनी नेपाल निर्माण गर्ने पवित्र उद्देश्यले धार्मिक सद्भाव सहितको सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । सो महायज्ञमा  धार्मिक एकताको सन्देश सहित हिन्दु र बौद्ध धर्मका दुई गुरुहरुले एउटै मञ्चवाट कथा वाचन गर्नुहुने भएको हो । यस महायज्ञको आयोजना गरेको हो गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानले र यसमा साथ दिएका छन् जापानमा क्रियाशिल सामाजिक संघ संस्थाहरुले ।

एनआरएनए जापानले ड्रिम प्रोजेक्टको रुपमा अघि सारेको एकिकृत नेपाली घर : बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउने उदेश्यले आयोजना गर्न लागिएको महायज्ञमा वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्नुहुने भएको छ । एकिकृत नेपाली घर निर्माणका लागि स्रोत जुटाउने महायज्ञको मुलभुत उद्देश्य भएता पनि जापानमा नेपालीहरुबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउँदैं आध्यात्मिक चिन्तनको उजागर गर्न र गराउन महायज्ञ कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । 

एनआरएनए जापानका निवर्तमान अध्यक्ष नविन निउरे नेतृत्वको कार्यकालमा चिवा केनमा करिब ३ करोड बराबरको जग्गा खरिद गरिएको र सोही जग्गामा एकिकृत नेपाली घर बनाउन आर्थिक स्रोत जुटाउने अभिप्रायले महायज्ञ आयोजना गर्न लागिएको हो । 

सप्ताहब्यापी ज्ञान महायज्ञको पहिलो दिन नोभेम्बर ८ मा ‘शान्तिका लागि सप्ताहस्थल भित्रै मण्डव परिक्रमा गरि कलशयात्रा हुनेछ । बाह्य पार्कबाट यात्रा सुरु गरी शहरको केहि क्षेत्रमा घुमेर कलश यात्रा गर्ने भनि तय गरिएकोमा जापानमा रहेका नेपाली समुदायले देखाउनुभएको चासो, सुझाव र चिन्तालाई गम्भीरतापूर्वक आत्मसात् गर्दै प्रारम्भिक योजना लाई परिवर्तन गर्दै सप्ताहस्थल भित्रै मण्डव परिक्रमा गरि कलश यात्रा गरिने कार्यक्रम तय भएको कलश यात्रा सयोजक कामना भण्डारीले जानकारी दिनुभएको छ । 

र सोही दिन बिहान दश बजे दुबै धर्मका दुबै गुरुज्युहरुको करकमलवाट उद्घाटन गरि सप्ताहव्यापी महायज्ञको सुरुवात हुने भएको छ । नोभेम्बर ९ देखी १५ सम्म भने पहिलो चरणमा बौद्ध धर्मगुरु रिम्पोछे ले कथा वाचन गर्नुहुनेछ भने दोस्रो चरणमा वाचन प्रविण दिनबन्धुले आध्यात्मिक प्रवचन दिनुहुने कार्यतालिका सार्वजनिक गरिएको छ । 

प्रतिकृया दिनुहोस्