×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आगामी वर्ष हज गर्न जाने इस्लाम धर्मावलम्बीका आवेदन खुला

आगामी वर्ष हज गर्न जाने इस्लाम धर्मावलम्बीका आवेदन खुला

काठमाडौं -  सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहने इस्लाम धर्मावलम्बीका सरकारले आवेदन खुलाएको छ।

गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिले सूचना निकालेर दुई महिनाभित्र आवेदन दिन आह्वान गरेको हो।

नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गरी फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ बुझाई आवेदन दिन सकिनेछ।

नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँका अनुसार सन् २०२४ मा नेपालबाट एक हजार २०० जना हज गर्न जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकेको छ।

प्रतिकृया दिनुहोस्