काठमाडौं - राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।
माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल र जसपाका उम्मेदवार खालिद सिद्दिकी निर्वाचित भएका हुन् । मधेस प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि बुधबार निर्वाचन भएको थियो ।
अर्याल ६१५६ मतभार ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी लोसपाकी रुपा कुमारी यादवले २७५४ मतभार प्राप्त गरिन् । यादवलाई एमालेले समर्थन गरेको थियो ।
जसपाका खालिद सिद्दिकी ६६७८ मतभारका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उसमान अन्सारीले २७६६ मतभार पाए । अन्सारीलाई लोसपाको समर्थन थियो ।