×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माइतीघमा एक व्यक्तिद्वारा आत्मदाह प्रयास

माइतीघमा एक व्यक्तिद्वारा आत्मदाह प्रयास

काठमाडौं- काठमाडौंको माइतीघर मण्डलमा एकजना व्यक्तिले आत्मदाह प्रयास गरेका छन्।

नागरिकता माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका निरज नामका एक व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पेट्रोल खन्याएर ती व्यक्तिले आत्मदाह प्रयास गरेका हुन्। तर पूरा विवरण खुलिनसकेका ती व्यक्तिलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ।

जिउमा आगो लगाएर घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिए अस्पताल लगेको थियो।

प्रतिकृया दिनुहोस्