×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

‘सीता’को भूमिकामा करिना फिट नहुने भन्दै सामाजिक सञ्जालमा विरोध

‘सीता’को भूमिकामा करिना फिट नहुने भन्दै सामाजिक सञ्जालमा विरोध

एजेन्सी: केही दिनअघि चलचित्र ‘सीता’को मुख्य भूमिकामा नायिका करिना कपुरलाई अफर गरिएको र यस भूमिकाको लागि करिनाले १२ करोड पारिश्रमिक मागेको खबर सार्वजनिक भएको थियो । यो खबर भारतीय सञ्चार माध्यममा सार्वजनिक भएसँगै सामाजिक सञ्जाल ट्विटरमा ‘करिना बहिष्कार’ अभियान चलेको छ ।

करिनाले ‘सीता’को भूमिकालाई न्याय दिन नसक्ने केही मानिसहरूको बुझाइ छ । हिन्दु धर्ममा आस्था राख्ने अन्य कोही नायिकालाई लिनुपर्ने उनीहरूको माग रहेको छ । कतिपय प्रयोगकर्ताहरूले भने करिना तैमुर अलि खानको आमा भएकाले पनि उनलाई यो भूमिका दिनु नहुने बताएका छन् । विरोधका लागि विरोध भने झैँ कतिपयले करिनाको चुरोट तानेको चलचित्रका लागि खिचिएको तस्बिर राखेर पनि उनी अयोग्य रहेको बताउँदै आएका छन् ।

चलचित्रको भूमिका र यो विरोधका विषयमा करिना र निर्माण टिमले कुनै प्रतिक्रिया दिएको छैन । तर, ट्विटरमा करिनालाई बहिष्कार गर्नुपर्ने ट्रेन्ड चलेको छ । सामाजिक सञ्जालमा उनलाई अन्फलो गर्ने दर्शक पनि ठुलो सङ्ख्यामा बढेका छन् ।

प्रतिकृया दिनुहोस्