×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ- साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत)ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । आइतबार सामान्य सुधार भएको नेप्से त्यसपछिको लगातार तीन दिनसम्म घटेको हो ।

नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि अर्बबाट तल झरेको छ । बुधबार नेप्सेमा २९ लाख ४३ हजार ७२९ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ५ करोड १५ लाख ६० हजारको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख २९ हजारको कारोबार भएको छ ।बुधबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा १४७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।

प्रतिकृया दिनुहोस्