×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

के हो माइग्रेन र एंग्जाइटी ? यस्तो छ उपचार विधी !

के हो माइग्रेन र एंग्जाइटी  ? यस्तो छ उपचार विधी  !

माइग्रेन अन्य समस्याले हुने रोग हो, जसले गर्दा विशेषगरी टाउकोको भाग धेरै दुख्छ । माइग्रेनले निश्चित समयमा कसैलाई एक महिना, कसैलाई ढेड महिना र १५, २० दिनमा पनि टाउको दुख्ने हुन्छ । माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि रहन सक्छ । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ । 

माइग्रेनको समस्या भएका व्यक्तिहरुलाई छिनछिनमा टाउको दुख्ने, दुई घन्टादेखि कैयौँ दिनसम्म दुखिरहने समस्या हुन्छ । यसलाई चिकित्सकीय भाषामा न्युरोलोजिकल समस्या भनिन्छ। शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादन पनि माइग्रेनको कारण हुन सक्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । यसको प्रभाव धेरै जनामा देखिएको डा. यन्जन गैहे् बताउँछन् । हिमालयन प्राकृतिक अस्पताल र काठमाडौं नेचुरोपेथी अस्पतालका मेडिकल निर्देशकसमेत रहेका योग तथा प्राकृतिक चिकित्सक संघ नेपालको केन्द्रीय उपाध्यक्ष हुन्, यन्जन गैरे डा. गैहे्संग माइग्रेन के हो, यसका लक्षणहरु के हुन्छन् र यसको रोकथाम कसरी गर्न सकिन्छ र उपचार के हुन्छ भन्ने विषयमा केन्द्रित रहेर गरिएको कुराकानी:

 

माइग्रेन के हो ?

माइग्रेनलाई सरल भाषामा अर्धकपाल दुख्नु पनि भनिन्छ । माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउन गाह्रो पर्छ । यसको कारण छिनछिनमा टाउको दुख्ने र दुई घन्टादेखि कैयौँ दिनसम्म दुखिरहने समस्या हुन्छ। यो न्युरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादन पनि माइग्रेनको कारण हुन सक्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ ।

किन हुन्छ माइग्रेन ?

मनोशारीरिक समस्या अत्यधिक तनावमा रहने, ग्याष्ट्रिकले ग्रस्त, अनिद्राले ग्रस्त, एसिडिटीका रोगी, पुरानो कब्जियत, टाउको र मष्तिस्कका अन्य विभिन्न समस्याहरु, उच्च रक्तचाप र हार्मोनहरुको गडबडी भएकाहरुलाई यो रोगको जोखिम धेरै हुन्छ। शरीरमा हुने मेजर हर्मोनल परिवर्तनका कारण माइग्रेन हुने गर्छ । गर्भावस्था, मिन्सुरेसन, रजोनिवृत्ति हुने समय महिलाको शरीरमा हर्मोनल परिवर्तन हुन्छ । जुन टाउको दुखाइको कारण पनि बन्न सक्छ । एक अध्ययनअनुसार माइग्रेनबाट पुरुषको तुलनामा महिला बढी प्रभावित हुन्छन् । तनावका कारण पनि माइग्रेनको समस्या हुन्छ । तनावले मस्तिष्कमा सीधा असर पार्छ । कहिलेकाहीँ मस्तिष्कले त्यस्ता पदार्थ रिलिज गर्छ, जसले टाउको दुखाउने माइग्रेन पनि पैदा गर्छ । अत्यधिक या अपर्याप्त निद्राका कारण पनि माइग्रेन हुन्छ । कफिनको अत्यधिक प्रयोग पनि माइग्रेनको कारण हो । अत्यधिक कफी सेवन गर्दा र अत्यधिक कफी सेवनलाई एकैपटक बन्द गर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । वातावरणमा आउने परिवर्तनले पनि माइग्रेन हुन्छ ।

माइग्रेन हुनको अरु पनि कारण के हुन सक्छ ?

कडा हल्ला, माइग्रेनको कारण बन्न सक्छ । अधिक प्रकाश र अत्यधिक गर्मीले पनि माइग्रेन हुन्छ । तापमानमा हुने परिवर्तनको कारण पनि अत्यधिक टाउको दुखाइ हुन सक्छ । धूम्रपान र मदिराको अधिक सेवन माइग्रेनको कारक हो । चकलेट, मसलेदार खानेकुराले पनि माइग्रेन हुन सक्छ ।

माइग्रेनका बिरामीको संख्या कति छन् ?

कोरोना भाइरसको कारणले गर्दा अहिले झनै युवायुवतीहरुमा यसको प्रभाव बढेको छ । माइग्रेनको बिरामीको संख्या यति नै छन् भनेर डाटा निकालेको त छैन र यो उपलब्ध पनि छैन कोरोना भाइरसको बिरामीहरुको कारणले सबैभन्दा ठुलो रोग नै कोरोना बनेको छ । तर कोभिडको कारणले गर्दा माइग्रेनको बिरामीमा युवाहरु धेरै छन् ।

माइग्रेनको लक्षण के के हुन् ?

टाउकोको नसा धड्किरहेको आभास हुन्छ । टाउकोको एउटा भागबाट दुख्न सुरु हुन्छ र पूरै भाग चर्को दुखाइले आक्रान्त बन्छ । जुन मानिस माइग्रेनको दुखाइबाट पीडित हुन्छ, उसले कुनै पनि नियमित काम गर्न सक्दैन । यसले आँखा दुख्नुका साथै बान्तासमेत हुने गर्छ । यस्तो समस्या भएका मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् । माइग्रेनको टाउको दुखाइले मानिसमा निकै छटपटी सिर्जना गर्छ । माइग्रेनको समस्या भएका मानिसमा कहिल्यै पनि राम्रोसँग निद्रा पर्दैन । शरीरमा थकान महसुस त हुन्छ तर निद्रा भने पर्दैन । माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ । माइग्रेनले मुडमा तीव्र परिवर्तन ल्याउँछ । यसले मानिस विनाकारण अकास्मात् उदास र उत्साहित हुने गर्छन् । माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति राख्ने गर्छन् । यस्ता मानिसलाई पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ ।

माइग्रेनबाट बच्नको लागी उपचार विधी के हो ?

सन्तुलित आहारले माइग्रेनको समस्या अन्त्य हुन सक्छ । आहारमा पानी पिउनु उपयुक्त हुन्छ । खानामा ओमेगा थ्री फ्याट एसिड र भिटामिन बीको प्रयोग गर्नु राम्रो हुन्छ । व्यवस्थित जीवन शैली , प्राकिृतिक उपचार जस्तै योग थेरापी र ध्यान गर्नुपर्छ । अनिद्राले माइग्रेनलाई असर पु¥याउँछ । लामो समयसम्म टिभी हेर्दा वा स्मार्टफोन चलाउँदा रातमा राम्रो निद्रा नपर्ने समस्या हुन सक्छ । निद्राको अभावले माइग्रेनका लागि ट्रिगरको रूपमा काम गर्छ । जसले गर्दा माइग्रेनको समस्या बढ्दै जान्छ । राम्रो स्वास्थ्यका लागि निश्चित समयमा निदाउनु आवश्यक हुन्छ । बढी सुत्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । माइग्रेनलाई दीर्घकालीन रूपमा ठीक गर्न जीवनशैली तथा प्राकृतिक उपचार उपयोगि छन। तनाव माइग्रेनको कारण हो । त्यसैले मानिसले एक्सरसाइजमा ध्यान दिनुपर्छ । एक्सरसाइजले तनाव कम गर्नुका साथै दिमागमा सकारात्मक सोचको विकास गर्छ । जब तपाईं वर्कआउट गर्नुहुन्छ, त्यसपछि शरीरले फाइदाजनक हर्मोन रिलिज गर्न थाल्छ । माइग्रेनबाट ग्रसित मानिसले टाउको दुखाइको औषधि अत्यधिक सेवन गर्नु हुँदैन । बढी र पटक–पटक औषधि सेवन गर्दा माइग्रेनलाई झन् खतरनाक असर पर्न सक्छ । त्यसैले औषधि प्रयोग गर्नुपूर्व यसको परिणामबारे पनि चिकित्सकसँग परामर्श गर्न आवश्यक छ । नसक्ने गरी टाउको दुखेको अवस्थामा औषधिहरुको सहायताले उपचार गर्नुपर्ने हुन्छ । तौलिया, रुमाल अथवा मुलायम कपडालाई तातोपानीमा डुबाएर दुखेको ठाउँमा मालिस गर्दा पनि यो रोगमा विशेष फाइदा पुर्याउँछ। कैसेलाई यसै प्रकारको मालिसले पनि फाइदा पुर्याउने गरेको छ । एक्युपञ्चर पनि माइग्रेनको उपचार महत्वपूर्ण विधि हो। माइग्रेन रोकथामका लागि किरोप्रैक्टिस, फिजियोथेरापी, मालिस, एक्यूप्रेशर, रिफ्लेक्सोलाञ्जी पनि प्रभावकरी उपचार विधि हुन् । अध्याँरो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा विरामीले आराम महसुस गर्छन् । शिरोधारा, शिरोवस्ती उपयुक्त औषधीयद्रव्यको नास्यजस्ता आयुर्वेदिक उपचार विधिहरु पानी यो रोगमा लाभकारक छन् । ९.८ – १० दाना ठूलो बदामको दैनिक सेवन गर्ने, तुलसीको पातको रस महसँग बिहानको समयमा खाने, दुबोको रसको सेवन पनि यो रोगविरुद्ध लाभदायक हुन्छन्। जलनेति, सूत्रनेती, कुंजल, एनीमाजस्ता योगिक विधिहरू पनि यो रोगको उपचारका महत्वपूर्ण आयामहरु हुन्। यस्ता प्राकिृतिक उपचारबाट पनि हामीले ठुलो सहयोग पाउँछौँ।

एंग्जाइटी भनेको के हो ?

एंग्जाइटी पनि एक साइकोलोजीकल समस्या हो। हामी एक चेतनशीत प्राणी हौँ र प्राणी भएकै हिसाबले आशा गर्ने हाम्रो बानी हुन्छ, आशा गरिएको कुरा पुरा नहुँदा हामी मन दुखाउँछौ र त्यही कुरालाई सोची मात्र बस्छौँ। जसले गर्दा हामीलाई तनाव भइराख्छ । यसरी सानोसानो कुरालाई लिएर सोची रहँदा हामी तनावग्रस्त हुन्छौ जसले गर्दा एंग्जाइटी हुने सम्भावना हुन्छ ।

एंग्जाइटीका लक्षणहरु के हुन् ?

एंग्जाइटीका लक्षणहहरु धेरै छन् । मन आत्तिने, हत्तासपना हुने कुनैपनि काम सम्पन्न गर्ने नसक्ने, आलस्यता हुने , झर्को लाग्ने ,शारीरिक र मानसिक रुपमा अस्थिरता हुने , बिना कारण उदास हुने लगायतका लक्षणहरु देखा पर्छन् ।

एंग्जाइटीको उपचार कसरी गर्ने ?

एंग्जाइटीको उपचारको लागी हामीे शारीरिक तथा मानसिक रुपमा स्वास्थ हुन जरुरी छ । हामीले योग -आसाना प्राणयम लगायतका अभ्यास गर्न जरुरी छ । मानसिक रुपमा शान्त रहनको लागी यौगिक “रिल्याक्सेसनको” विद्यिहरु सम्बन्धि चिकित्सकहरुको निगरानाीमा गर्ने यति मात्र नभई “काउन्सीलिङ” गर्ने एक्लै नबस्ने सम्बन्धित चिकित्कको निगरानीमा औषधी प्रयोग गर्ने ।

 

प्रतिकृया दिनुहोस्