×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सैनिक अस्पतालले माग्यो मेडिकल अधिकृतसहित ६८ जनशक्ति

सैनिक अस्पतालले माग्यो मेडिकल अधिकृतसहित ६८ जनशक्ति

काठमाडौँ- नेपाली सेनाले सञ्चालन गरिरहेको छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो । 

जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन् ।

त्यस्तै, १० जना बिएन/बिएस्सी नर्स माग गरिएको छ । बिएन/बिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन् । एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ । २० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्