काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन्। सोमवार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
उनले सूचना प्रविधिलाई समायानुकुल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताए। प्रधानमन्त्री देउवाले नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यवसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए। उनले नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकुल सुधार गर्दै जानुपर्ने आवश्यक्ता रहेको पनि उल्लेख गरे ।