×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

भारतमा तीन करोड २४ लाखभन्दा बढी कोभिड-१९ बाट सङ्क्रमित

भारतमा तीन करोड २४ लाखभन्दा बढी कोभिड-१९ बाट सङ्क्रमित

डिल्ली, भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

भारतभर विगत २४ घण्टाको समयमा ३० हजार ९४८ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । साथै शनिबार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड-१९ सङ्क्रमित थप ४०३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ३४ हजार ३६७ पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा अघिल्लो दिनभन्दा सात हजार ९४२ कोभिड–१९ सङ्क्रमित थपिएका छन् भने सङ्क्रमित रहेको कूल व्यक्तिको सङ्ख्या अझै तीन ५३ हजार ३९८ छ ।

भारतमा पछिल्लो १५३ दिनमा सक्रिय सङ्क्रमितको सङ्ख्या सबैभन्दा कम बनेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।

हालसम्म तीन करोड १६ लाख ३६ हजार व्यक्ति कोभिड सङ्क्रमणपछि निको भएका छन् । विगत २४ घण्टामा निको भई अस्पतालबाट घर फर्किएका बिरामीको सङ्ख्या ३८ हजार ४८७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड-१९ सङ्क्रमण निको हुने दर बढेर ९७.५७ प्रतिशत पुगेको छ । यो दर सन् २०२० मार्चपछि पहिलो पटक सबैभन्दा बढी हो । रासस

प्रतिकृया दिनुहोस्