×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (आइतबार) सुनको मूल्य बढेको जानकारी दिएको छ ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । यस्तै, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

गत बिहीबार तोलामा ९३ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ९४ हजार रुपैयाँ पुगेको थियो । एकैदिन एक हजारले बढेको सुनको मूल्य पुनः ५०० रुपैयाँले बढेको हो । यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ ।

यसका साथै आज चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार शुक्रबार ११ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस्