×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपाको ‘निर्णायक’ बैठक जारी

रास्वपाको ‘निर्णायक’ बैठक जारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी बैठकले सरकारबाट बाहिरिने कि नबाहिरनेबारे निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई गृहबाहेक मन्त्रालय  प्रस्ताव गरेपछि रास्वपा अनिर्णीत बनिरहेको छ । आइतबार बिहान सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ । निर्णायक भन्दै शनिबार राति बसेको बैठक बिना निष्कर्ष सकिएको थियो ।

प्रतिकृया दिनुहोस्